एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित

राष्ट्रपाटी न्युज

चैत्र १७, २०८२

काठमाडौं । एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल लाओससँग पराजित भएको छ ।

लाओसको नेसनल रङ्गशालामा आज भएको खेलमा नेपाल १–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो ‘हाफ’सम्म प्रतिरक्षा गरिरहेको नेपालले दोस्रो ‘हाफ’मा गोल खायो ।

लाओसका कप्तान बोउनफचान बोन्कोंगले खेलको ४८ औँ मिनेटमा गोल गरेका थिए । नेपालले गोल फर्काउन निकै प्रयास गरे पनि अन्ततः हार बेहोर्नुप-यो ।

नेपाल एसियन कप छनोटबाट यसअघि नै बाहिरिसकेको थियो । समूह ‘एफ’मा नेपालले छ खेलबाट तीन अङ्क मात्र जोडेको थियो ।


Published :चैत्र १७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media