अमेरिकाद्वारा एकैपटक ४५ नेपाली निष्काशित

राष्ट्रपाटी न्युज

चैत्र २४, २०८२

काठमाडौं । अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई निष्काशित गरेको छ । विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई अमेरिकाले निष्कासन गरी नेपाल पठाएको हो ।

निष्कासनमा परेका नेपालीहरू काठमाडौं आइपुगेका हुन् । ओमनी एयरलायन्सको विमानबाट उनीहरू भारतको नयाँ दिल्ली हुँदै मंगलबार काठमाडौं आइपुगेको प्रहरीले  जनाएको छ ।

प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेको छ ।

निष्कासनमा परेका नेपालीहरूलाई कसरी अमेरिका पुगेको बारेमा सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ । विभिन्न प्रलोभनमा परेर नेपालीहरू गैरकानुनी रूपमा तल्लो बाटो हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन् । आवश्यक कागजात नभएपछि उनीहरूलाई अमेरिकाको अध्यागमन प्रहरीले पक्राउ गरी निष्कासन गर्ने गरेको छ । यसअघि पनि पटक-पटक सयौं संख्यामा नेपालीहरू अमेरिकाबाट निष्कासित हुँदै आएका छन् ।


Published :चैत्र २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media