कस्तो छ आजको मौसम पूर्वानुमान ?

राष्ट्रपाटी न्युज

बैशाख १५, २०८३

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशीका धेरै स्थानहरुमा र मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरु तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


Published :बैशाख १५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media