उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन रवि लामिछानेको आश्वासन

राष्ट्रपाटी न्युज

बैशाख २०, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई नडराउन र नआत्तिन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ,नेपाल चेम्बर अफ कमर्शलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै लामिछानेले रास्वपा र वर्तमान सरकारप्रति सशङ्कित नहुन आग्रह गरेका हुन् ।

उनले केही व्यवसायी तथा  पात्रहरूले देशको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने गरी अघि बढेका कारणले सरकार निर्मम भएर लाग्नु परेको स्पष्ट पारे । सभापति लामिछानेले वास्तविक अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको समस्या सम्बोधन गर्नुपर्ने र त्यसको ‘रोडम्याप’ रास्वपाले बनाइसकेको जिकिर गरे । उनले समस्या सम्बोधनका लागि उद्योगी–व्यवसायीहरूले आफ्नो घर र पार्टी कार्यालय धाउनै नपर्ने पनि स्पष्ट पारे ।


Published :बैशाख २०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media