प्रधानमन्त्रीले संघीय सरकारका मन्त्रालय १७ कायम गर्दै

राष्ट्रपाटी न्युज

बैशाख २०, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय सरकारका मन्त्रालय २५ बाट घटाएर १७ कायम गर्न लागेका छन् ।

उनले अब १७ मन्त्रालय कायम गरेर बाँकी ८ वटालाई अन्यमा गाभ्ने तयारी गरेका हुन् ।

बालेनलले चारवटा मन्त्रालयलाई खारेज गरेर सामाजिक सुरक्षा तथा महिला बालबालिका र लैङ्गिक तथा यौनिक अल्पसंख्यक मामिला मन्त्रालयअन्तर्गत राख्ने तयारी गरेका छन् ।

यस्तै एकीकृत पूर्वाधार मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालयले पूर्वाधार क्षेत्र सफाइको ढल निकाससम्बन्धी काम गर्ने बनाएको छ ।

प्रधानमन्त्रीको कार्यालयका एक सचिवालय सदस्यका अनुसार युवा तथा खेलकुद, सहरी विकास खानेपानी तथा सरसफाइ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अब अस्तित्वमा नरहने भएका छन् ।

१७ मन्त्रालयको खाका तयार पारिसकेकाले यसलाई बालेनले मन्त्रिपरिषद्बाट पास गर्ने चरणमा लगेका छन्।

स्वास्थ्य मन्त्रालयअन्तर्गत खाद्य सुरक्षा मन्त्रालयसमेत थपिने भएको छ। यस्तै शिक्षा तथा खेलकुद मन्त्रालयलाई एउटै क्षेत्रमा गाभिएको छ।

यस्ता छन् प्रधानमन्त्री बालेनले परिकल्पना गरेका १७ मन्त्रालय

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

२. अर्थ मन्त्रालय

३. गृह मन्त्रालय

४. परराष्ट्र मन्त्रालय

५. कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय

६. स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय

७. शिक्षा तथा खेलकुद मन्त्रालय

८. कृषि भूमि सहकारी तथा ग्रामीण विकास मन्त्रालय

९. सामाजिक सुरक्षा तथा महिला बालबालिका र लैङ्गिक तथा यौनिक अल्पसंख्यक मामिला मन्त्रालय

१०. उद्योग वाणिज्य तथा नवप्रवर्तन मन्त्रालय

११. युवा तथा रोजगार मन्त्रालय

१२. ऊर्जा सिँचाइ तथा जलस्रोत मन्त्रालय

१३. एकीकृत पूर्वाधार मन्त्रालय १४. वन पर्यावरण तथा जलवायु मन्त्रालय

१५ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

१६. सञ्चार मन्त्रालय

१७. रक्षा मन्त्रालय


Published :बैशाख २०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media