यसरी छान्दैछ रास्वपाले स्थानीय तहका उम्मेद्वार (पूर्णपाठ)

राष्ट्रपाटी न्युज

बैशाख २१, २०८३

काठमाडौँ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटको विस्तृत र वैज्ञानिक रूपरेखा सार्वजनिक गरेको छ । पार्टीले ‘सही तरिकाले, सही ठाउँमा, सही व्यक्ति’ छान्ने परिपाटी स्थापित गर्न १३ बुँदे विशिष्ट उद्देश्यसहितको कार्यविधि तयार पारेको हो ।

रास्वपाले उम्मेदवार छनोट प्रक्रियालाई पूर्णतः प्रविधिमैत्री र मापनयोग्य बनाउन विभिन्न मापदण्डलाई निश्चित भाराङ्क तयार पारेको छ ।

लिडरसिप एकेडेमी (२५): आकांक्षीहरूको नेतृत्व परीक्षण र वैचारिक स्पष्टताका लागि लिडरसिप एकेडेमीको प्रशिक्षण र नतिजालाई अनिवार्य गरिएको छ । यसमा उत्तीर्ण हुनेले मात्र आगामी चरणमा प्रवेश पाउनेछन् ।

पोलिटिकल प्रोक्सिमिटी (२५): विगतको राजनीतिक पृष्ठभूमि, साङ्गठनिक आबद्धता, जनसम्बन्ध र विजयको सम्भाव्यताका आधारमा वस्तुपरक मूल्याङ्कन गरिनेछ ।

समावेशिता (१०): संविधानको भावना अनुसार महिला, दलित, सीमान्तकृत, युवा र अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न १० प्रतिशत अङ्कभार छुट्ट्याइएको छ ।

प्रारम्भिक निर्वाचन (४०): पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ गर्न र सदस्यहरूको मताधिकार सुनिश्चित गर्न प्रारम्भिक निर्वाचनलाई सबैभन्दा बढी भार दिइएको छ ।


Published :बैशाख २१, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media