
काठमाडौं । आज पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ मा अडिएको छ।
यसदिन २४१ स्टकको १ करोड ७४ हजार ५२४ कित्ता सेयर ४ अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ रुपैयाँमा खरिदबिक्री भएको छ।
कारोबारमा आएकामध्ये २४४ स्टकको मूल्य घट्दा २७ वटाको वृद्धि भयो। दुई वटाको स्थिर रह्यो। यस दिन फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
माइक्रोफाइनान्स समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए।