आज बस्ने रास्वपा बैठकका यस्ता छन् एजेन्डा

राष्ट्रपाटी न्युज

बैशाख २७, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।

बैठकमा सचिवालय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको छ ।

बैठकमा पार्टीको भेला, अधिवेशनको विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन तथा केन्द्रीय समिति बैठकका विषयमा छलफल हुने बताइएको छ ।

सचिवालय बैठकको कार्यसूची यस्तो छ :

१) भेला, अधिवेशन विशेष तालिका ।

२) आयोग, विभाग पदाधिकारी मनोनयन ।

३) जिल्ला समिति विघटन ।

४) अनुशासनात्मक कारबाही सम्बन्धमा।

५) केन्द्रीय समिति बैठक ।

६) विविध ।


Published :बैशाख २७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media