
बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ ले SEE परिक्षामा सहभागी भई उत्तीर्ण भएका विद्यार्थीरूलाई Career Counseling & Motivation कार्यक्रम आयोजना गर्ने भएको छ।
बुढानीलकण्ठ नगरपालिका वडा नं २ मा स्थायी ठेगाना भई विभिन्न विद्यालयहरूबाट SEE उत्तीर्ण भएका र वडा नं २ भित्रका विद्यालयहरूबाट उत्तीर्ण भएका विधार्थीहरुका लागि उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।
उक्त Career Counseling & Motivation कार्यक्रममा चर्चित प्रशिक्षक डा कमल सापकोटाले प्रशिक्षण दिने बताइएको छ।
यहि मिति २०८३/०२/०९ गते, शनिवारको दिन विहान ७ बजे बुढानिलकण्ठ पार्टी प्यालेस, बुढानीलकण्ठमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको वडाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।
उक्त कार्यक्रमको मापदण्ड भित्र पर्ने विद्यार्थीहरूले दिएको QR Scan मार्फत फारम भरी आ-आफ्नो विवरण टिपाउन समेत वडा कार्यालयले आग्रह गरेको छ।
