
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री छिट्टै सदनमा आएर उठेका प्रश्नको जवाफ दिने बताएका छन्।
बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिट्टै सदनमा आउने र यसको जानकारी पनि छिट्टै हुने बताए ।
प्रधानमन्त्री संसदमा नआउँदा तपाईँलाई दबाब बढेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा सभापति लामिछानेले आफूलाई कुनै दबाब नभएको जिकिर गरे ।
उनले जनताको अपेक्षाअनुसार सरकारले काम गरोस् भन्ने दबाब आफूलाई हुने गरेको बताए । सभापति लामिछानेले महाधिवेशनमा पार्टी होमिएको र महाधिवेशनमार्फत पार्टीलाई ठीक ढंगले अघि लिएर जाने बताए ।