आइपीएल फाइनल आज, आरसिबी र गुजरात भिड्दै

राष्ट्रपाटी न्युज

जेष्ठ १७, २०८३

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज हुँदैछ । फाइनलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्स (जिटी) बीच प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल नेपाली समय अनुसार आइतबार साँझ ७ : ४५ मा सुरु हुँदैछ । यो खेल अहमदाबाद मैदानमा हुनेछ ।

पहिलो क्वालिफायरमा पराजित भएको जिटी दोस्रो क्वालिफायरमा विजयी हुँदै फाइनल पुगेको हो । दोस्रो क्वालिफायरमा राजस्थन रोयल्सलाई सात विकेटले हराउँदै जिटी फाइनल पुगेको हो ।

आरसिबी समूह चरणका १४ खेलमध्ये ९ जित निकाल्दै १८ अंकका साथ शीर्ष स्थानमा कायम रहँदै पहिलो क्वालिफायरमा विजयी भएर फाइनल पुगेको टिम हो ।

आरसिबी लगातार आईपीएलको उपाधि रक्षा गर्न चाहन्छ भने जिटी पहिलो क्वाफिायरका बदला लिँदै उपाधि उचाल्न चाहन्छ ।


Published :जेष्ठ १७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media