विवादास्पद अभिव्यक्ति दिने प्रधानमन्त्रीको राजीनामा माग गर्दै तरुण दलको प्रदर्शन

राष्ट्रपाटी न्युज

जेष्ठ १८, २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिको विरोधमा नेपाल तरुण दलले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ताहरूले प्रधानमन्त्रीले वीर पुर्खाको अपमान गरेको र राष्ट्रप्रेम केवल सामाजिक सञ्जालको स्टाटसमा मात्र सीमित भएको भन्दै नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीहरूले “वीर पुर्खाको अपमान बन्द गर”, “राष्ट्रप्रेम स्टाटसमा मात्र होइन”, जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति तत्काल फिर्ता लिन र जिम्मेवारी बहन गर्न समेत माग गरेका छन् ।

यसअघि नेकपा (एमाले) ले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै राजीनामा मागेर प्रदर्शन गरेको थियो । पछिल्ला दिनमा संसददेखि सडकसम्म प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजनीतिक विवाद चुलिँदै गएको छ ।

शाहको अभिव्यक्तिबारे विभिन्न दलहरूले आपत्ति जनाउँदै आएका छन् भने नेपाल तरुण दलले समेत सडकमा उत्रिएर विरोध जनाएको हो ।


Published :जेष्ठ १८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media