
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा आज सर्वदलीय बैठक बस्ने भएको छ । बैठक बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा आयोजना गरिने रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उनका अनुसार बैठकमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापति सहित दुई जनासम्म सहभागी हुन आमन्त्रण गरिएको छ ।
यसका लागि सम्बन्धित सबै दललाई औपचारिक रूपमा आमन्त्रणपत्र पठाइसकिएको पनि बताइएको छ । बैठकमा रास्वपा सभापति रवि लामिछानेले हालै सम्पन्न आफ्नो तथा परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण र त्यस क्रममा भएका उपलब्धिहरूबारे दलहरूलाई जानकारी गराउने कार्यक्रम रहेको छ।
त्यसैगरी, संसदमा जारी गतिरोध, समसामयिक राजनीतिक परिस्थिति तथा अन्य महत्वपूर्ण विषयमा समेत छलफल हुने बताइएको छ।