
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले अब उपरान्त प्रधानमन्त्री बालेन्द्र शाहलाई नखोज्ने बताएका छन्। संसदमा बोल्दै उनले मुलुकमाथि उठेका प्रश्नहरू प्रधानमन्त्रीको उपस्थितिभन्दा पनि ठूलो र संवेदनशील भएको बताए।
उनले प्रधानमन्त्री शाहले फेरि उदण्डता मच्चाउला भनेर आफूलाई डर लागिरहेको बताए। ‘फेरि कुनै दिन छापामार शैलीमा प्रधानमन्त्री आउनुहोला, फेरि त्यस्तै केही नहोस् भन्ने लाग्छ। डर पनि लाग्छ, कतै फेरि कुनै उदण्डता मच्चाइदिनुहुन्छ कि,’ उनले भने, ‘अब उपरान्त म प्रधानमन्त्रीजीलाई खोज्न चाहन्न। किनकि मेरो मुलुकका समस्या र प्रश्नहरू उहाँको उपस्थितिभन्दा पनि ठूला र संवेदनशील छन्।’
आङ्देम्बेले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण संसदको गरिमामय समय अनावश्यक रूपमा खर्च गर्न नहुने आफ्नो दलको धारणा रहेको पनि बताए।