एकैदिन १० हजार घट्यो सुनको मूल्य

राष्ट्रपाटी न्युज

जेष्ठ २७, २०८३

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १० हजार १ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो (मंगलबार) सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १ सय ८५ रुपैयाँले घटेको हो। यससँगै आज चाँदी प्रतितोला ४ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलाको ४ हजार ९ सय २५ रुपैयाँमा किनबेच भएको थियो।


Published :जेष्ठ २७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media