फिफा विश्वकपः ब्राजिल र मोरक्कोले खेले बराबरी

राष्ट्रपाटी न्युज

जेष्ठ ३१, २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल अफ्रिकन पावरहाउस मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ।

न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका हुन्। खेलको पहिलो हाफ रोचक भए पनि दोस्रो हाफमा भने खेल केही सुस्त देखिएको थियो।

खेलको २१ औँ मिनेटमा इस्माइल साइबारीले उत्कृष्ट गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए। ब्राहिम डियाजको पासलाई सदुपयोग गर्दै पीएसभी आइन्डोभेनका फरवार्ड साइबारीले ब्राजिलका गोलकिपर एलिसन बेकरमाथि चलाखीपूर्ण ‘स्कुप’ सट प्रहार गर्दै टोलीलाई अगाडि बढाएका थिए। तर, मोरक्कोको त्यो अग्रता धेरै समय टिक्न पाएन।

खेलको ३२ औँ मिनेटमा ब्राजिलका स्टार विनेसियस जुनियरले ब्रुनो गुइमारेसको पासमा उत्कृष्ट गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।


Published :जेष्ठ ३१, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media