लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन अदालतको अनुमति

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार उक्त मुद्दा फिर्ता लिन अनुमति दिने आदेश जारी गरेको हो।

सुमन खनाल लगायतको जाहेरीमा सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले अभियोगपत्र संशोधनसम्बन्धी निवेदन दायर गरेको थियो।

अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ अनुसार लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको जनाइएको छ।


Published :असार ५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media