
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा बस्न लागेको बैठक चितवनको भरतपुरस्थित होटल सिमटीमा दिउँसो १ बजे सुरु हुने जनाइएको छ ।
आइतबारदेखि सुरु हुन लागेको पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीलाई अन्तिम रूप दिन बैठक आयोजना गरिएको हो ।
बैठकमा महाधिवेशन व्यवस्थापन, सहभागी प्रतिनिधिहरूको व्यवस्थापन तथा अन्य आवश्यक तयारीका विषयमा छलफल हुने रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकले महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न प्रतिवेदनमाथि छलफल गर्नुका साथै पार्टीको विधान संशोधनसम्बन्धी विषयमा पनि आवश्यक निर्णय गर्नेछ ।
राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रीय समितिले आवश्यक रणनीति तथा कार्ययोजना तय गर्ने अपेक्षा गरिएको छ ।