
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक र कालापानीको प्रमाण आफूहरूसँग भएको बताएका छन्। उनले उक्त विषयमा छिमेकी भारतले आपत्ति जनाए पनि नेपालसँग त्यसको प्रमाण रहेको बताए ।
चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सीमासम्बन्धी विषय उठाउँदा विभिन्न देशले आपत्ति जनाउने गरेको उल्लेख गर्दै नेपालसँग आफ्नो दाबी पुष्टि गर्ने आधार र प्रमाण रहेको बताए ।
प्रधानमन्त्री शाहले आवश्यक परे ऐतिहासिक दस्तावेज र प्रमाण तत्कालीन ब्रिटिसबाट समेत ल्याउन सकिने बताए । तर, त्यसको अर्थ ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन नखोजिएको स्पष्ट पारे। उनले आफ्नो राष्ट्रवादी अडानबारे कुनै शंका नगर्न आग्रह गरे।