विश्वकपः मेसीको कीर्तिमानी गोलमा सानदार जितसहित अर्जेन्टिना नकआउट चरणमा प्रवेश

काठमाडौं । लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा अष्ट्रियामाथि २–० को जित हात पारेको छ ।

अष्ट्रियाविरुद्धको खेलमा मेस्सीले दुई गोल गर्दै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । उनले ३८औँ मिनेट र इन्जुरी समयमा गोल गर्दै जर्मनीका मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमान तोडेका हुन्।

यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै मेस्सीले क्लोजेको रेकर्ड बराबरी गरेका थिए । अष्ट्रियाविरुद्ध दुई गोल थपेसँगै विश्वकपमा उनको गोल संख्या १८ पुगेको छ।

खेलको चौथो मिनेटमै पेनाल्टीको अवसर पाए पनि मेस्सी त्यसमा सफल हुन सकेनन्। तर उनले त्यसको केही समयपछि गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।

लगातार दोस्रो जितसँगै अर्जेन्टिनाले समूहमा ६ अंक जोड्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। यसअघि अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेको थियो।


Published :असार ९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media