
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरिएको हो।
प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको उक्त विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गरेसँगै कानुनी प्रक्रिया पूरा भएको छ।
विधेयक प्रमाणीकरण भएसँगै वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी व्यवस्था कार्यान्वयनका लागि मार्ग प्रशस्त भएको छ।