गाडी दुर्घटनामा परी स्वर्गद्वारीका उपप्रमुख रानाको मृत्यु

राष्ट्रपाटी न्युज

असार १३, २०८३

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

शनिबार स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा धनवाङतर्फ जाँदै गरेको लुप्र ०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटनामा परेको हो । उपप्रमुख राना मगर आफैँले चलाइरहेको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका राना मगरको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


Published :असार १३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media