गणेश नेपालीलाई न्याय दिनुपर्ने माग गर्दै आज पनि वीर अस्पताल परिसरमा प्रदर्शन

राष्ट्रपाटी न्युज

असार २७, २०८३

काठमाडौं । आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको परिवारलाई न्याय दिनुपर्ने भन्दै नेपालीका आफन्त लगायतले शनिबार पनि वीर अस्पतालमा प्रदर्शन गरेका छन् । राज्यकै कारण नेपालीको ज्यान गएकाले पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै नेपालीका आफन्त लगायतले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले सरकारबिरोधी नारा लगाएका थिए । त्यस्तै जनपक्षीय ट्रेड युनियन लगायत बिभिन्न संघ संस्थाले पनि नेपालीलाई आत्मदाह गर्न बाध्य पारेको भन्दै काठमाडौंको माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।


Published :असार २७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media