फिफा विश्वकपः अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

राष्ट्रपाटी न्युज

असार २८, २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड आमनेसामने हुँदैछन् ।

अमेरिकाको मिसौरीस्थित कान्सास सिटी स्टेडियममा हुने यो बहुप्रतीक्षित भिडन्त नेपाली समय अनुसार आइतबार बिहान ६:४५ बजे सुरु हुँदैछ ।

खेलअघि स्विट्जरल्यान्ड टोली चोटको समस्याबाट गुज्रिएको छ । उसका युवा स्टार मन्जाम्बी घुँडाको चोटका कारण र ज्याक्वेज मांसपेशीको समस्याका कारण टोलीबाहिर छन् भने एबिसर खेल्नेमा पनि शङ्का छ । उता अर्जेन्टिनी टोलीमा भने कुनै खेलाडी घाइते छैनन्, जसका कारण साविक विजेताले अघिल्लो खेलकै सेटलाई मैदान उतार्ने सम्भावना छ ।


Published :असार २८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media