विष्णु पौडेललाई पाँचौँ पटक हिरासतमा राख्न अनुमति

राष्ट्रपाटी न्युज

असार २९, २०८३

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पाँचौँपटक हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेलको यसअघि पनि पटक–पटक म्याद थप हुँदै आएको छ। अदालतले असार ९ गते पहिलोपटक सात दिन, त्यसपछि असार १५ गते तीन दिन, असार १८ गते छ दिन र असार २४ गते पाँच दिन म्याद थप गरेको थियो।

यसैबीच, उनकी पत्नीले रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेकाो बन्दीप्रत्यक्षीकरणको रिट भने सर्वोच्चले खारेज गरिसकेको छ।

पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको सम्बन्धित निकायले जनाएको छ।


Published :असार २९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media