आज साउने संक्रान्तिः देशभर लुतो फालिँदै

काठमाडौं । आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्व । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्न हुनेले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । विशेषगरी पहाडी भेग तथा समुदायमा यस संक्रान्तिलाई विशेष पर्वको रूपमा मनाउने गरिन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् ।

त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग निको पार्न साउने संक्रान्तिको अवसरमा लुतो फाल्ने गरिन्छ । पछिल्लो समय लुतो फाल्ने प्रचलन हराउँदै गएको छ । दिनभर परिवार, आफन्त जम्मा भएर मीठो-मसिनो खाने साँझ घरघरमा लुतो फल्ने परम्परा छ । पहाडी भेगमा कुरिलो, धसिँगारे, कुकर डाइनो, भलायो, हाडे उन्युँ, पानी सरो, पानीअमला जस्ता वनस्पति जम्मा पारी आँगनमा आगो बाल्ने प्रचलन छ ।

कण्डारक नामको राक्षसको पूजागरी चारै दिशामा अगुल्टो फालिन्छ । साउन महिनाभर पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको विशेष भिड लाग्छ । साउने सोमबारलाई महादेवको पूजा, आराधनाका लागि विशेष दिनका रूपमा लिइन्छ । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भिड लाग्छ ।


Published :साउन १, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media