२३ जिल्लामा राती सवारी सञ्चालनमा रोक

काठमाडौं । देशका २३ जिल्लामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ। शनिबार र आइतबार देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएकाले सवारी सञ्चालनमा रोक लगाइएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी, स्याङ्जामा रातीको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।


Published :साउन २, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media