विश्वकप लिग-२ को पहिलो खेलमा आज नेपालले नामिबियाको सामना गर्ने

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि नेदरल्यान्ड्स पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र नामिबियाको खेल आज दिउँसो २: ४५ बजे नेदरल्यान्ड्सको उट्रेख्त सहरको मैदानमा सुरु हुनेछ ।

नेदरल्यान्ड्समा आयोजना हुने यस शृङ्खलामा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग कुल चार खेल खेल्नेछ । आजको पहिलो खेल हो ।

विश्वकप लिग–२ को शीर्ष चारभित्र पर्ने सम्भावना जीवितै राख्न नेपालका लागि यो शृङ्खला महत्त्वपूर्ण मानिएको छ । नेपालले नामिबियासँग खेल्दै शृङ्खलाको सुरुवात गर्न लागेको हो । जुलाई २३ मा नेदरल्यान्ड्स, जुलाई २७ मा पुनः नामिबिया र जुलाई २९ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपालले यो शृङ्खलाको समानप गर्नेछ ।


Published :साउन ५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media