प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा बृहत् प्रदर्शन

काठमाडौं । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं, नागरिक अधिकार सुनिश्चित गरौं’ भन्ने नारासहित नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागी पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, सञ्चारमाध्यममाथि हुने हस्तक्षेपको अन्त्य र नागरिक अधिकारको पूर्ण सुनिश्चितताको माग गरेका थिए।

महासंघको आह्वानमा आयोजित प्रदर्शनमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, सञ्चारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रदर्शनका क्रममा सहभागीहरूले लोकतान्त्रिक मूल्य–मान्यता, स्वतन्त्र पत्रकारिता र संविधानले प्रत्याभूत गरेका नागरिक अधिकारको सम्मान गर्दै प्रेसमैत्री वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् ।


Published :साउन ९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media