‘ब्रोड पिक’मा ज्यान गुमाएका निर्मल पुर्जासहितका नेपालीप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली

राष्ट्रपाटी न्युज

साउन १६, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा ज्यान गुमाएका नेपालीलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। शनिबार फेसबुकमार्फत प्रधानमन्त्री शाहले श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

उनले लेखेका छन्- ‘विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ।’

उनले निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको र उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने उल्लेख गरेका छन्।


Published :साउन १६, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media