कांग्रेस आधिकारिकता विवाद फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति

राष्ट्रपाटी न्युज

साउन २१, २०८३

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि भएको आफ्नो फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ ।  कांग्रेसको आन्तरिक विवादमा निर्वाचन आयोगको निर्णय सदर गर्ने  सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै पूर्व सभापति शेरबहादुर देउवा पक्षले दिएको निवेदनमा सर्वोच्चले पुनरावलोकनको अनुमति दिएको हो।

न्यायाधीश मनोजकुमार शर्मा,नित्यानन्द  पाण्डेय र श्रीकान्त पौडेलको संयुक्त इजलासले निवेदन अध्ययनपछि पुनरावलोकनको अनुमपति दिएको हो। नरावलोकनको अनुमति पाएसँगै अब मुद्दाको सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ।

यसअघि न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते देउवा पक्षले दायर गरेको रिट खारेज गर्दै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार  थापाको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको  थियो।


Published :साउन २१, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media