पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

राष्ट्रपाटी न्युज

साउन २३, २०८३

काठमाडौँ । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको छ । यो नाका हुँदै हुने नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीनबीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताए ।

“नाकामा सडक अवरुद्ध भएकाले पनि चीनतर्फबाट मालवाहक सामानसहितका कन्टेनर पनि भित्रिन सकिरहेका छैनन्,” उनले भने, “सडक कहिलेदेखि सञ्चालन हुने अहिलेसम्म कुनै टुङ्गो लागेको छैन ।”


Published :साउन २३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media