
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले बजारमा खाना पकाउने ग्यासको अभाव हुँदा आफूलाई खाना खानसमेत समस्या भएको गुनासो गरेका छन् ।
नेपाली बजारमा पछिल्लो समय ग्यासको अभाव देखिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले ग्यास अभावका कारण भात खान नपाएको उल्लेख गर्दै प्रधानमन्त्री बालेन्द्र शाहप्रति व्यंग्यात्मक प्रश्नसमेत गरेका छन् ।
‘ग्यास छैन, भात खाइएन, मेरो पाप लाग्छ तिमीलाई’ भन्दै साम्पाङले आफ्नो असन्तुष्टि पोखेका छन् । उनले प्रधानमन्त्री शाहलाई लक्षित गर्दै ‘ग्यास दिने कि राजीनामा, प्रिय बालेन ?’ भनेर प्रश्न गरेका छन् ।
साम्पाङले ग्यास अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्दै ‘ग्यास छैन, भात खाइएन’ भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।