आज राति कोशी, गण्डकी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज राति कोशी, गण्डकी र बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी र तराई भू–भाग तथा बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

आइतबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने र हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना छ । कोशी,  बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आइतबार राति भने देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको तराई भू–भागका केही स्थानमा, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


Published :भदौ ६, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media