नेप्सेमा सामान्य अंकको करेक्सन, कारोबार रकम ४ अर्ब १० करोड

काठमाडौं । सेयर कारोबार साताको दोस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा अडिएको छ।

३५७ वटा स्क्रिप्सको १ करोड ४४ लाख  १६४ कित्ता सेयर ४ अर्ब १० करोड ९७ लाख  ५१ हजार ७३० रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ७८ वटा स्टक्सको मूल्य बढ्दा १८७ वटाको घट्यो। १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज र क्रिस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर क्रमश १४.९९ र १४.९५ प्रतिशतले बढ्यो। धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा मकर जितुमाया सुरी हाइड्रोपावर शीर्षस्थानमा रह्यो।  सो हाइड्रोपावरले ९० करोड ७ लाख मूल्य बराबरको सेयर कारोबार गर्यो।

रिलायन्स स्पिनिङ्ग मिल्सले १७ करोडको कारोबार गर्दा सोलु हाइड्रोपावरले १३ करोड,सुपर मादी हाइड्रोपावर र रिडी पावरले १२/१२ करोडको कारोबार गरे।

दुईवटा समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए। डेभलपमेन्ट र नन लाइफ इन्स्योरेन्सबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिएका हुन्।


Published :भदौ ९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media