Close Menu
    आजका समाचार

    एनपिएल फाइनलः लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

    मंसिर ४ २०८३, शुक्रबार

    नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

    मंसिर ४ २०८३, शुक्रबार

    पाँचवर्षे कार्यकाललाई आधार मानेर प्रदेश र स्थानीय निर्वाचन गर्नुपर्छः संयोजक दाहाल

    मंसिर ४ २०८३, शुक्रबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • एनपिएल फाइनलः लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा
    • नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने
    • पाँचवर्षे कार्यकाललाई आधार मानेर प्रदेश र स्थानीय निर्वाचन गर्नुपर्छः संयोजक दाहाल
    • मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह
    • स्थानीय र प्रदेशको निर्वाचन फागुन-चैतमा गर्ने प्रस्ताव स्वीकार्य छैनः अध्यक्ष ओली
    • वित्तीय सङ्घीयताका लागि गर्नुपर्ने बहस
    • यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरु
    • सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»अर्थ»सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
    अर्थ मंसिर ४ २०८३, शुक्रबार

    सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर ४ २०८३, शुक्रबारNo Comments0 Views
    Clock मंसिर ४ २०८३, शुक्रबार

    विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि आउने बताएका छन् । विराटनरमा आज आयोजित एक कार्यक्रममा उहाँले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले ग्रहण गरेको उल्लेख गरे ।

    मन्त्री वाग्लेले भ्रष्टाचारले व्यवसायको लागत बढाउने, पहुँचका आधारमा अवसर बाँडिने र प्रतिस्पर्धा कमजोर बनाउने धारणा राख्दै सरकारी निकायमा अनावश्यक आर्थिक माग, बिचौलियाको हस्तक्षेप वा कानुनसम्मत काममा अवरोध भए सरकारसमक्ष जानकारी दिन निजी क्षेत्रलाई आग्रह गरे । उनले भने, “सरकारी कार्यालयमा बिचौलियको हस्तक्षेप र भ्रष्टाचारका विषयमा सरकारले शून्य सहनशीलताको नीति अपनाएको छ । यस्तो कार्यमा संलग्न जोसुकैलाई कानुनी कारबाही हुन्छ ।”

    अर्थमन्त्री वाग्लेले कानुनसम्मत निजी सम्पत्ति, उद्योग, व्यवसाय र लगानीको सुरक्षा सरकारको आधारभूत जिम्मेवारी रहेको उल्लेख गर्दै असुरक्षाको अनुभूति भए सरकारले सम्बोधन गर्ने र समान अवसर तथा निष्पक्ष प्रतिस्पर्धाको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    अर्थमन्त्री वाग्लेले आगामी चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्ने महत्वपूर्ण अवधिका रूपमा लिइएको बताउँदै निजी क्षेत्रको सहकार्यमा सरकारले सुधारको गति बढाउँदै गर्दा निजी क्षेत्रले पनि नयाँ उद्योग, क्षमता विस्तार, आधुनिक प्रविधि, कृषि प्रशोधन, ऊर्जा र पर्यटन क्षेत्रमा लगानीका योजना अघि बढाउनुपर्नेमा जोड दिए ।

    उनले उत्पादन लागत घटाउने, रोजगारी सिर्जना गर्ने र राज्य तथा निजी क्षेत्रबीच साझा प्रतिबद्धतामार्फत आर्थिक रूपान्तरणलाई तीव्र बनाउने सरकारको प्राथमिकता रहेको जनाउँदै बेरोजगारी र मूल्य वृद्धिलाई गम्भीर चुनौतीका रूपमा लिइएको बताए ।

    आर्थिक वृद्धिको प्रतिफल नागरिकको दैनिक जीवनसँग जोडिने गरी काम गर्न निजी क्षेत्रलाई आग्रह गर्दै अर्थमन्त्री वाग्लेले भने, “वर्तमान सरकार हजारौँ उद्यममार्फत रोजगारी सिर्जना गर्ने वातावरण बनाउने, युवालाई कृषि, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र आधुनिक सेवा क्षेत्रमा अवसर दिने तथा विप्रेषण, उपभोग, आयात र राजस्वमा निर्भर चक्रलाई तोडेर बचतलाई लगानी, उत्पादन र निर्यातमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ ।”

    पूर्वी नेपाल तथा विराटनगरको औद्योगिक विरासतलाई नयाँ पुस्ताको अवसरसँग जोड्दै कृषि प्रशोधन, भण्डारण, गुणस्तर प्रमाणीकरण, निर्यात र जलविद्युत्लाई औद्योगिक प्रतिस्पर्धाको आधार बनाउनुपर्ने मन्त्री वाग्लेको भनाइ छ । उनले निजी क्षेत्रलाई नयाँ उद्योग खोलन, प्रविधि अपनाउन, वस्तु तथा उत्पादनको गुणस्तर बढाउन, नयाँ निर्यात बजार खोज्न र रोजगारी सिर्जना गर्न निजी क्षेत्रलाई आह्वान गर्दै राज्यले कार्यशैली तथा चरित्र बदल्ने समयमा निजी क्षेत्रले लगानीको गियर बदल्नुपर्ने आवश्यकता औँल्याए ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो, तीन अर्ब ८८ करोडको कारोबार

    मंसिर ४ २०८३, शुक्रबार

    शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    मंसिर ४ २०८३, शुक्रबार

    चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

    मंसिर ३ २०८३, बिहिबार

    नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, तीन अर्ब ८७ करोडको कारोबार

    मंसिर ३ २०८३, बिहिबार

    कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

    मंसिर ३ २०८३, बिहिबार

    बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    मंसिर ३ २०८३, बिहिबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार50

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    खेलकुद

    एनपिएल फाइनलः लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

    By Manoj Khatiwadaमंसिर ४ २०८३, शुक्रबार0

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स…

    नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

    मंसिर ४ २०८३, शुक्रबार

    पाँचवर्षे कार्यकाललाई आधार मानेर प्रदेश र स्थानीय निर्वाचन गर्नुपर्छः संयोजक दाहाल

    मंसिर ४ २०८३, शुक्रबार

    मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

    मंसिर ४ २०८३, शुक्रबार

    स्थानीय र प्रदेशको निर्वाचन फागुन-चैतमा गर्ने प्रस्ताव स्वीकार्य छैनः अध्यक्ष ओली

    मंसिर ४ २०८३, शुक्रबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.