भोटेकोशी बाढी संकट समाधानबारे प्रधानमन्त्रीले लिए सुरक्षा प्रमुखहरुबाट ब्रिफिङ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकटको समाधानका लागि सुरक्षा निकायका प्रमुखसँग परामर्श तथा जानकारी लिने क्रम जारी राखेका छन् ।

प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधानसेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत वितरण तथा प्रभावित क्षेत्रको व्यवस्थापनसम्बन्धी गतिविधिबारे ‘ब्रिफिङ’ लिएको प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।

प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्रीले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार र राहत व्यवस्थापनबारे जानकारी लिने कार्यक्रम रहेको बताइएको छ ।

त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि प्रधानमन्त्री शाहले आजै बाढीपछिको सुरक्षा, खोज तथा उद्धार र राहत व्यवस्थापनका सम्बन्धमा ‘ब्रिफिङ’ लिने कार्यक्रम रहेको छ ।


Published :भदौ १५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media