“नगरमा परराष्ट्र सम्बन्ध हेर्ने संयन्त्र बनाउने तयारीमा छौ”:- मेयर उद्धव खरेल

राष्ट्रपाटी न्युज

१३ आश्विन २०७७

बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेलले चाइना भ्रमण सफल भएको दाबी गरेका छन् । काठमाडौँखबरसँग कुरा गर्दै प्रमुख खरेलले भ्रमण सफल भएको दाबी गरेका हुन् ।बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलसँग गरेको कुराकानीको अंश:

– प्रमुखज्यू, चीन भ्रमण समग्रमा कस्तो रह्यो ?

यो भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो । यसका दुई पाटा थिए, पहिलो औपचारिक पाटो नेपालको तर्फबाट त्यो पनि स्थानीय सरकारको तर्फबाट एकमात्र सहभागी बुढानिलकण्ठ नगरपालिले सिल्क रोड अर्बन एलाइन्स जसलाई सिल्क रोड चैंबर ऑफ इंटरनेशनल कॉमर्स एंड चाइना एसोसिएशन फर फ्रेंडशिपमा ५२ राष्ट्रका प्रतिनिधिबीच बुद्धको जन्मस्थलको प्रतिनिधिको हैसियतले बुद्धका विचार, आदर्श र आजको दिनमा त्यसको सान्दर्भिकताको बारेमा विश्व समुदायलाई जानकारी दिनु, र चीनकै चाङचियाजि नगरसँग बुढानिलकण्ठ नगरपालिकाको भगिनी सम्बन्ध स्थापित हुनु फलदायी हो ।
यो भ्रमणमा जोडिएको भगिनी सम्बन्धले बुढानिलकण्ठ नगरपालिकालाई के कस्तो लाभ हुन्छ ?

यस सम्झौताले बुढानीलकण्ठ नगरपालिकाले शहरहरुका बिचमा अन्तराष्ट्रिय सम्बन्ध कायम गर्न ढोका खोलेको छ। यस सिलसिलामा विभिन्न पक्षसँग घनिभूत छलफल भएका छन् । अब हाम्रो जनस्तरमा कूटनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय सम्बन्ध सुदृढ र सुमधुर हुन्छ । नगरमा उत्पादनहुने हस्तकला व्यापार विस्तार हुन्छ । यो भ्रमणबाट ती काम हुन्छन् ।
यहाँले केहि समय पहिला जापानका नगरसँग भगिनि सम्बन्ध राख्न प्रयास गर्नु भएको थियो त्यो प्रयासले सफलता कहिले पाउछ ?

मैले यस विषयमा जापान भ्रमणको क्रममा प्रयास थालेको थिए । उताका प्रतिनिधिहरु नेपाल आउने कुराकानी चलेको छ । हाम्रो आन्तरिक तयारी पनि हुँदैछ ।

– चीन भ्रमणको सिलसिलामा केही दुई पक्षीय सम्झौता भएका छन् अब यसको कार्यान्वयन पक्ष कस्तो रहला ?

यी सम्झौता छिट्टै कार्यान्वयनमा आउँछन् । यसका लागि नगरमा परराष्ट्र सम्बन्ध हेर्ने संयन्त्र बनाउने तयारीमा छौ ।

– तपाइँ औपचारी अनौपचारिक गरि ३ पटक चीनको भमण गर्नु भयो, त्यहाको स्थानीय सरकार संचालनबाट कस्तो अनुभव बटुल्नु भयो ?

चिनमा स्थानीय सरकारदेखि केन्द्र सरकार सबै पार्टी बाट निर्देशित हुने परिपाटी रहेछ । सरकारले गरेको राम्रो कामको प्रचारप्रसार पार्टीले गरिदिने रहेछ । यहाँ त हाम्रो एकीकरण स्थानीय स्तरमा टुंगिएको छैन । त्यसैले एकीकरण टुंगिएपछि यहाँ पनि म त्यहि मोडलले कामगर्ने इच्छा छ ।

source:-काठमाडौँखबर


Published :१३ आश्विन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media