एकल अंकले घटेको नेप्सेमा ४ अर्बमाथिको कारोबार

राष्ट्रपाटी न्युज

साउन २९, २०८३

काठमाडौं । शुक्रबार नेप्से परिसूचक सात अंक बढीले घटेर बन्द भएको छ । नेप्से परिसूचक ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा पुगेको हो। अघिल्लो दिन नेप्से परिसूचक ९ अंकले बढेर बन्द भएको थियो।

परिसूचक सामान्य अंकले घटेपनि कारोबार रकम भने बिहीबारको तुलनामा वृद्धि भएको छ। बिहीबार ३ अर्ब ७२ करोड मूल्य बराबरको कारोबार भएकोमा यसदिन ४ अर्ब २७ करोड बराबरको कारोबार भएको हो।

शुक्रबार ३४४ वटा स्क्रिप्सको  ९७ लाख ५४ हजार ४०३ कित्ता सेयर ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये १०१ वटा स्टक्सको मूल्य बढ्दा १६४ वटाको घट्यो। १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम इन्डस्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। शिखर खुदी हाइड्रोपावरको सेयर सर्वाधिक १२.८३ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा एग्रिकल्चरल बोण्ड (९year) शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ७० करोड मूल्य बराबरको कारोबार भयो। खानिखोला हाइड्रोपावरले १७ करोडको कारोबार गर्दा लिबर्टी इनर्जीको १६ करोड,नगदी ग्रुप पावर र  एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको १०/१० करोडको सेयर कारोबार भयो।

चार समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।  लाइफ इन्स्योरेन्स,माइक्रोफाइनान्स,म्युचुअल फण्ड र अदर्श समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिएका हुन्।


Published :साउन २९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media