वर्तमान सरकार कुरामा हैन काममा विश्वास गर्छः मन्त्री ढकाल

राष्ट्रपाटी न्युज

अशोज १२, २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रीत रहेको बताउनुभएको छ । शनिबार १६औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवं वी पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औँ वार्षिकोत्सक समारोहमा सम्बाेधन भर्चुवल सम्बाेधन गर्दै मन्त्री ढकालले सरकार कुरामा भन्दा पनि काममा विश्वास गरेर अघि बढिरहेको बताउनुभयो ।
उहाँले कोभिड १९ को विरूद्धमा मन, वचन र कर्मले काम गरिरहेका सम्पूर्णको कामप्रति उच्च सम्मान प्रकट गर्दै सरकार निरोगी नेपालको अभियान साकार पार्न केन्द्रीत रहेको बताउनुभयो । सरकारले नीति तथा कार्यक्रम मार्फत नै सम्बाेधन गरेर निरोगी नेपाल बनाउने अभियानका साथ काम गरिरहेको भन्दै स्वस्थ जीवनशैली र खानपानका विषयमा सचेतना जगाउनुपर्ने बताउनुभयो ।


Published :अशोज १२, २०७७


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media