पछिल्लो २४ घण्टामा १ हजार ९११ जना नयाँ संक्रमित

राष्ट्रपाटी न्युज

१५ आश्विन २०७७

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ११ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन ।यही अबधीमा ९ सय ६१ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भएकाहरुको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ७१ दशमलव ९ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ४ सय ४४ जनाको पीसीआर परिक्षण गरिएको छ ।नेपालमा आजसम्म १० लाख ३३ हजार ९४७ जनाको पीसीआर परिक्षण गरिएको छ ।

आज काठमाडौं उपत्यकामा मात्र ९ सय ४३ जना नयाँ संक्रमित थपिएका छन । यी मध्ये काठमाडौं जिल्लामा मात्र ८ सय १७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना नयाँ संक्रमित थपिएका छन ।नेपालमा देशभर ५ हजार ७७ जना क्वारेन्टिनमा रहेका र २ सय २० जना आइसीयूमा रहेको जानकारी प्रवक्ता गौतमले दिनुभयो ।यसैगरी देशभरमा जम्मा २५ जना भेन्टिलेटरमा उपचाररत छन ।

यसैगरी, देशभर संस्थागत आइसोलेशनमा १० हजार ७६१ जना र होम आइसोलेशनमा ११ हजार ६९ जना रहेका प्रवक्ता जानकारी दिनुभयो ।।

 

 


Published :१५ आश्विन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media