सानिमा जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओमा असोज २१ गतेदेखि आवेदन खुल्दै

राष्ट्रपाटी न्युज

१५ आश्विन २०७७

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको ३० लाख कित्ता आईपीओमा असोज २१ गतेदेखि आवेदन खुल्दै छ । कम्पनीले असोज २१ देखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो ।जस मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । ७० करोड चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ बाँडफाँडपछि पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ।आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असोज २५ गते बैंकिङ समय पश्चात हुने छ ।


Published :१५ आश्विन २०७७


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media