आज अर्थमन्त्री र उद्योगीहरुबीच बजेट कार्यान्वयनबारे छलफल हुँदै

राष्ट्रपाटी न्युज

साउन १२, २०८३

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल गर्ने भएका छन् । अर्थमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे मन्त्रालयमा बस्नेछ ।

बैठकमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरी अर्थतन्त्रमा विशिष्ट योगदान पुर्‍याएका झण्डै तीन दर्जन उद्योगपतिहरुसँग बजेट कार्यान्वयनका विषयमा विशेष छलफल हुनेछ ।

छलफलमा अर्थमन्त्री वाग्ले, अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा तथा विभागका अधिकारीहरू सहभागी हुनेछन् ।


Published :साउन १२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media