पञ्जाबलाई हराउँदै मुम्बई अंक तालिकाको शीर्षस्थानमा

राष्ट्रपाटी न्युज

१६ आश्विन २०७७

काठमाडौं- इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटअन्तर्गत गएराति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्स विजयी भएको छ ।

यूएईको शेख जायद रंगशालामा भएको खेलमा किङ्स इलेभेन पञ्जाबलाई ४८ रनले पराजित गर्दै मुम्बई प्रतियोगितामा आफ्नो दोस्रो जित हात पार्न सफल भयो ।टस हारेपछि ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ सन जोड्न सफल भयो । १ सय ९२ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको पञ्जाव आठ विकेटले गुमाउँदै १ सय ६३ रनमै सीमित हुन पुग्यो ।मुम्बईको जितमा कप्तान रोहित शर्माले ७० रन र केइरन पोलर्डले ४७ रन जोडे । जितसँगै मुम्बई अंकतालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ ।

यसैबीच आजको खेलमा गत वर्षको उपविजेता चेन्नई सुपरकिङ्स तथा सनराईजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने उक्त खेल नेपाली समयानुसार साँझ ७ बजेर ४५ मिनेटमा शुरू हुनेछ ।


Published :१६ आश्विन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media