सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा संक्रमण, सबै पेसी स्थगित

राष्ट्रपाटी न्युज

१८ आश्विन २०७७

असोज १८ । न्यायाधीश र केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सर्वोच्च अदालमा आइतबार एकल इजलासबाहेक अन्य सुनुवाइ स्थगित भएको छ । सर्वोचच अदालत प्रशासनले एक सूचना प्रकाशित गरी पूर्वनिर्धारित सबै पेसी स्थगित गरिएका जनाएको छ । शनिबार एक न्यायाधीशसहित केही कर्मचारीमा संक्रमण पुष्टि भएको थियो।
सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले न्यायाधीशहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्थाका कारण एकलबाहेक अन्य इजलास स्थगन गरिएको जानकारी दिनुभयो । ढकालले भन्नुभयो, ‘केही न्यायाधीशहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्था छ । जसले इजलास बसेन । बन्दी लगायतका मुद्दाका लागि एकल इजलास भने बस्नेछ ।’
आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमात्र तोकिएको छ।


Published :१८ आश्विन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media