जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड, भाग्यमानी २ लाख ७० हजार जना आवेदकले पाए १० कित्ता

राष्ट्रपाटी न्युज

२० आश्विन २०७७

जनरल इन्स्योरेन्सले सर्वसाधारणका लागि बिक्री गरेको आइपीओ आज असोज २० गते, मंगलबार बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल कार्यालयको हलमा भएको बाँडफाँडमा २ लाख ७० हजार जना आवेदकले गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन् भने ५ लाख २४ हजार ५४ जना आवेदकको हात खालि भएको छ। शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट २ लाख ७० हजार जना आवेदकले१० कित्ता शेयर हात परेका हुन्।

जनरल इन्स्योरेन्सको आइपीओमा कुल ७ लाख ९६ हजार ७३४ जना आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ता आइपीओ खरिदको लागि आवेदन परेकोमा २ हजार १८८ जना आवेदकबाट परेको ४८ हजार ६४० कित्ता शेयरको आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ भने आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्ने भएको छ ।


Published :२० आश्विन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media