नवनियुक्त मन्त्रीहरूले गरे शपथग्रहण

राष्ट्रपाटी न्युज

२९ आश्विन २०७७

मन्त्रिमण्डलमा समावेश गरिएका नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्र आफ्नो नेतृत्वमा रहेको मन्त्रिमण्डल पुनर्गठन गरी नयाँ तीन अनुहारलाई समावेश गरेका थिए ।


Published :२९ आश्विन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media