काेराेना कहरले नेकपाको चियापान नहुने

राष्ट्रपाटी न्युज

कार्तिक १२, २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले मंगलवार विज्ञप्ति जारी गरी कोभिड–१९ महामारीका कारण यस वर्ष चियापान कार्यक्रम स्थगन गरिएको जानकारी दिए । विज्ञप्तिमा ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ ।


Published :कार्तिक १२, २०७७


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media