इन्फ्रास्ट्रक्चर बैंकको शेयर सूचीकृत, आइतबारदेखि दोस्रो बजारमा कारोबार

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र धितोपत्र बोर्डबीच बिहीबार शेयर सूचीकरण सम्बन्धी सम्झौता भएको छ । नेपाल स्टक एक्सचेञ्जमा इन्फ्रास्ट्रक्चर बैंकको शेयर आइतबारबाट कारोबार हुनेगरी धितोपत्रबोर्डले सूचीकृत गरेको हो ।

धितोपत्रले सूचीकरण गरेको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार हुनेछ । कम्पनीको २० करोड कित्ता शेयर आइतबारदेखि कारोबारमा आउने छ ।


Published :२९ माघ २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media