१३ वर्षपछि नम्रता श्रेष्ठको ‘सानो संसार’ पुनः भ्यालेन्टाइन डेमा रिलिज हुने

राष्ट्रपाटी न्युज

१ फाल्गुन २०७७

काठमाडौं । फिल्म हेरेर भ्यालेन्टाइन डे सेलिव्रेसन गर्ने तयारीमा हुनुहुन्छ भने खुशिको खबर छ । सन् २००८ को चर्चित नेपाली फिल्म ‘सानो संसार’ १३ वर्षपछि पुनः सिनेमा घरमा प्रदर्शन हुने भएको छ ।
निर्माता कम्पनी क्वेस्ट इन्टरटेनमेन्टले भ्यालेन्टाइनडेको अवसर पारेर फिल्मलाई आइतबार देशब्यापी रिलिज गर्न लागेको हो । क्यूएफएक्स लगायतका मल्टिप्लेक्समा कर्मा, नम्रता श्रेष्ठ, नीर शाह र विनय श्रेष्ठ स्टारर फिल्म रिलिज हुने भएको हो ।
मल्टिप्लेक्समा निकै रुचाइएको र फिल्ममा डिजिटल ट्रेन्ड विकास हुँदा बेलाको यो फिल्मलाई समिक्षकले पनि रुचाएका थिए ।
रवि र ऋतु निकै मिल्ने साथी हुन् तर, वास्तविक जीवनमा एकअर्काले घृणा गर्ने परिस्थितीमा उनीहरुको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने चित्रण यसमा छ । २ घन्टा २४ मिनेट लामो फिल्मलाई दिवंगत आलोक नेम्वाङले निर्देशन गरेका हुन् । फिल्मलाई रोमान्टिक कमेडी जनरामा राखिएको छ ।


Published :१ फाल्गुन २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media